लिरा हाउस नेपाल
नेपाल अन्तर्गतका विकास तथा राहत कार्यक्रमहरु
नेपालमा जेष्ठ नागरिकका लागि लिला राधिका मानविय अन्तरसंस्कृतिक जेष्ठ नागरिक सेवा केन्द्रले आश्रीत र मृत्यु भएका व्यक्ति र उनका परिवारका लागि संस्कृतिक संवेदनशिलताका आधारमा सहयोग गर्ने गर्दछ ।
नेपालको सन्दर्भमा नेपालको स्वास्थ्य सेवा प्रणली पूर्णरुपमा अपर्याप्त छ, यहाँ प्रति ५,००० (पाँचहजार) व्यक्ति १(एक) डाक्टर, प्रति ८०,००० (असी हजार) व्यक्ति १(एक) दन्त चिकित्सकका दरले सेवा पाईरहेका छन् । अन्य रोगिहरुको हेरचाहको सेवा पूर्णरुपमा अपुग देखिन्छ, यस्तो सेवा मात्र धनी व्यक्तिको पहुचको विषय हो । जेष्ठ नागरिकको अवकाश पछिका दिन मर्यादित र आत्मनिर्णय तरिकाले विताउन सक्षम बनाउने लक्ष्यका साथ लिरा हाउस सन् २०१३ मा खोलिएको हो ।
यस केन्द्रले सबै सामाजिक स्तरका व्यक्ति, जात, धर्म, सम्बन्ध, लैँगिकता र सम्प्रदायका करिब १२० जेष्ठ नागरिकलाई आवासिय सेवा पु¥याउँछ । यस केन्द्रले थप १०० जेष्ठ नागरिकलाई दैनिक हेरचाहको सुविधा प्रदान गर्दछ जसले आफ्ना बृद्ध आफन्तलाई घरपरिवार भित्र हेरचाह गर्न समय अभाव हुने व्यक्तिहरुलाई सहयोग पुग्दछ ।
मानिसका जिवनमा आफ्नै प्रयासबाट सकारात्मक र दिगो परिवर्तन ल्याउनका लागि हाम्रो कार्यक्रमहरु नेपालमा सुरुवात गरिएको हो । यो कार्य बृद्धअवस्थाका र सहयोगी हातको खाँचो भएका व्यक्तिहरुलाई आत्मनिर्भर भई सम्मानित, स्वतन्त्र र स्वस्थ जीवनयापनमा सहयोग पु¥याउनमा आधारित छ ।
हाम्रो कार्र्यलाई गरिबि र अन्यायका कारणलाई उन्मूलन गर्ने एक प्रयासका रुपमा पनि लिएका छौँ । यो कार्य नेपालका स्थानिय समस्या सँग नजिक भएर काम गरिरहेका नेपाली साझेदार संस्थाहरु सँगको सहकार्यमा सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । कार्यक्रमको लक्ष्य प्राप्तिका विश्वभरी बाट सहयोेगको खोजी गरिरहेकाछौ जहाँ हामी सबै हातेमालो गरेर समस्याको समाधान खोज्ने छौँ।
लक्ष्य
जेष्ठ नागरिकका केन्द्र अन्तरगतको परियोजनाका लक्ष्यहरु